
काभ्रे । माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शुक्रवार बनेपामा नेपाल विद्यार्थी संघ (ने.वि.संघ) काभ्रेपलाञ्चोकले सम्मान गरेको छ ।
कार्यक्रममा पूर्व अर्थमन्त्री रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, बाग्मती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा लगायतले विद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

काभ्रे जिल्लामा सर्वोत्कृष्ट नतिजा (४ सिजिपिए) ल्याउने साँगास्थित ग्रेसल्याण्ड माध्यमिक विद्यालयका प्रकृति दुलाल, विकटेश्वर इङलिस स्कुलका जिया खत्री र विद्यालयलाई सम्मान गरेको हो ।

सामुदायिक विद्यालयतर्फ उत्कृष्ट ३ दशमलव ९१ सिजिपिए ल्याउने चण्डेश्वरी सृष्टीकान्त माध्यमिक विद्यालय, नालाका गरिमा अधिकारी, प्राविधिक धारतर्फ उत्कृष्ट ३ दशमलव ६९ सिजिपिए ल्याउने जनक माध्यमिक विद्यालय, भकुण्डेवेशीका सदिक्षा मैनाली, संस्कृततर्फ उत्कृष्ट ३ दशमलव ०९ सिजिपिए ल्याउने नैमिषारण्य संस्कृत गुरुकुलका समिर पराजुलीलाई सम्मान गरिएको छ भने भक्तपुरबाट एस.ई.ई मा सहभागी भएर सर्वोत्कृष्ट नतिजा (४ सिजिपिए) ल्याउने काभ्रेको सुप्रिया मोक्तानलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, कांग्रेस नेता इन्द्रमणि अधिकारी, बाग्मती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा, नेपाली कांग्रेस काभ्रेका सचिव रहेका नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व सभापति माधव ढकाल, सचिव गुणराज मोक्तान, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेम लामा, महासमिति सदस्य दावा लामा, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय रहेका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, केन्द्रीय सदस्यहरु आदर्श मल्ल, भुवन भट्ट, सहदेव तिमल्सिना, प्रतिक महत, नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अञ्जनराज खतिवडा लगायतले उच्च शिक्षाका अवसर र चुनौतीबारे चर्चा गरेका छन् ।
