
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको नतिजामा जीपीए ३.९६ सम्म ल्याएका छन् । सार्वजनिक गरेको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।
गत वर्षको तुलनामा यस वर्ष कक्षा १२ को नतिजामा ९ प्रतिशतले परीक्षामा सुधार देखिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । नियमिततर्फ तीन लाख ९६ हजार ३४७ र आंशिकतर्फ एक लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
जसमध्ये दुई लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कूल दुई लाख ८४ हजार ३०५ विद्यार्थी ग्रेडेड, नियमिततर्फ एक लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् भने नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
