ट्रेण्डिङ

ज्ञानकुञ्जको स्वागत तथा विदाई कार्यक्रम

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ श्रावण ३०, शुक्रबार (१ साल अघि)
  • ४१७ पटक पढिएको
ज्ञानकुञ्जको स्वागत तथा विदाई कार्यक्रम

काभ्रे । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले शुक्रबार कक्षा १२ को अध्ययन सकेका विद्यार्थीहरुलाई बिदाई तथा कक्षा ११ मा भर्खरै प्रवेश गरेका नव आगन्तुक विद्यार्थीहरुलाई औपचारिक रुपमा स्वागत गरेको छ ।प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्व रहेको कार्यक्रममा सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक भएको महसुस गरी सो कार्यक्रम आयोजना गरिएको बताए । यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा पढाईका साथ साथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि भईरहेको बताउँदै विद्यालयस्तर देखि नै विद्यार्थीहरुको आन्तरिक प्रतिभाको पहिचान गरि प्रतिभा प्रस्फुटन गर्न अति आवश्यक रहेको हुँदा यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा नेतृत्व गर्ने कलामा निखारता आउने बताए ।
कार्यक्रममा विद्यार्थीहरुलाई टिका, खादा, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक ढंङ्गबाट अभिभावकहरुका बिच लोकप्रिय रहेको प्रतिष्ठान आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हुँदै सबैको मन जित्न सफल हुने बिश्वास व्यक्त गरेका थिए । विद्यार्थीहरुलाई स्वागत साथै सुनौलो भविष्यको कामना सहित सधै विद्यार्थीको जीवनले सफलता र लक्ष्य प्राप्तीका लागि यस संस्थाबाट हर हमेसा सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

विद्यालयका सहायक कलेज प्रमुख तथा सहायक प्रिन्सिपलले सम्पूर्ण विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हाशिल गर्न सामाजिक , सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्न र आगामी दिनहरुमा पनि ज्ञानकुञ्जबाट आफुले सिकेका अनुभवहरुलाई जीवन उपयोग बनाउँदै समाजमा नेतृत्वदायी व्यक्तित्व बन्ने आशाका साथ शुभकामना व्यक्त गरेका थिए । विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य र गीत प्रस्तुत गर्दै वातावरणलाई उत्साहपूर्ण बनाएको थियो । कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायका प्रतिनिधिहरूले यस प्रकारका कार्यक्रमले शैक्षिक मात्र नभई सामाजिक र भावनात्मक विकासमा समेत सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका थिए ।