
काभ्रे । सिद्धार्थ स्कुल तथा कलेजले धुलिखेलस्थित होटल हिमालयन भ्यूमा विशेष कार्यक्रम आयोजना गरी कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई मायाको चिनो सहित बिदाई गरेसँगै नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ।
सोमबार भएको उक्त कार्यक्रममा शिक्षाविद्हरू, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा सफलतापूर्वक माध्यमिक शिक्षा सम्पन्न गरेका विद्यार्थीलाई भावी शैक्षिक यात्रामा अझ सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको थियो। साथै, कलेजको स्नातक तह (Bachelor) मा नयाँ विद्यार्थीहरूको भर्ना भइरहेको र तिनीहरूको शैक्षिक यात्रामा सफलता प्राप्त होस् भन्ने शुभकामना समेत व्यक्त गरिएको थियो।
