
पोखरा । काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकाय (KUSOM) का विद्यार्थीहरूले पोखराको चिन्नेडाँडा स्थित शुक्र बलभद्र माध्यमिक विद्यालयमा “प्रोजेक्ट शिक्षार्थ” सञ्चालन गरेको छ ।

प्रोजेक्ट शिक्षार्थमा परितोष विक्रम यादव, मन्तोष कुमार साह, मोनिका खत्री, अश्मि बतास र प्रश्रित शाक्यको टोलीले दुई सातासम्म विद्यालयका विद्यार्थीलाई वित्तीय साक्षरता, डिजिटल ज्ञान, सार्वजनिक वक्तृत्व, स्वास्थ्य–स्वच्छता, विपद् व्यवस्थापन तथा ‘गुड टच–ब्याड टच’ जस्ता संवेदनशील विषयमा सचेतना प्रदान गरेको थियो ।

प्रोजेक्ट शिक्षार्थ केवल दिने कुरा मात्र होइन, समुदायसँगै सिक्ने यात्रा रहेको बताए ।
त्यसैगरी नेत्र परीक्षण शिविर, वृक्षारोपण, पुस्तकालय सुधार, खेलकुद तथा प्रश्नोत्तर प्रतियोगितासहितका कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, नेतृत्व र सामूहिक भावना अभिवृद्धि भएको विद्यालयले जनाएको छ।

समापनमा विद्यार्थीहरूले औषधि सामग्री, खेलकुद सामग्री, स्यानिटरी प्याड, स्टेशनरी र कक्षा १ देखि १० सम्मका पुस्तकहरू प्रदान गरिएको थियो ।
स्थानीय समुदाय र सहकार्य संस्थाले गरेको यस परियोजनाले युवापुस्ताले सानो योगदानमार्फत पनि ठूलो परिवर्तन सम्भव हुनेमा विश्वास व्यक्त गरेका छन् ।
