ट्रेण्डिङ

रोहिणी र सरिनालाई नगदसहित सम्मान

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८३ जेष्ठ २७, बुधबार (११ घण्टा अघि)
  • १५ पटक पढिएको
रोहिणी र सरिनालाई नगदसहित सम्मान

भक्तपुर । एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने रोहिणी सिल्पकार र सरिना तामाङलाई मदरल्याण्ड स्कुल भक्तपुरले नगद सहित सम्मान गरेको छ ।
सूर्यविनायक नगरपालिका–९, अवस्थित मदरल्याण्ड स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको हो ।
कार्यक्रममा विद्यालयले ४.०० जिपिए प्राप्त गर्ने छात्रा रोहिणी शिल्पकारलाई नगद रु. ५० हजारसहित सम्मान गरेको हो । त्यस्तै सरिना तामाङलाई नगद १० हजार सहित सम्मान गरेको हो ।


सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटवालको प्रमुख आतिथ्यतामा कार्यक्रममा विद्यालयका प्राचार्य सञ्जय खड्काले विद्यार्थीको उत्कृष्ट नतिजामा विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथ समान रूपमा महत्वपूर्ण रहने बताए । प्राचार्य खड्काले विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कटुवालले रोहिणीलाई सम्मानपत्र प्रदान गरेका थिए । विद्यालयकी कार्यकारी निर्देशक शर्मिला देउजाले रोहिणीलाई नगद रु. ५० हजार, एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल छात्रा सरिना लामालाई नगद रु. १० हजार नगद पुरस्कार प्रदान गरेकी थिइन् भने सोही अवसरमा सत्यशक्ति पुस्तक भण्डारका महेश थापा तथा विद्यालयका सह–प्राचार्य राधेश्याम केसीले पनि रोहिणी शिल्पकारलाई रु. ५/५ हजार नगद पुरस्कार प्रदान गरेका थिए ।
मदरल्याण्ड स्कुलले यस वर्षको एसईई नतिजालाई विद्यालयको गौरवपूर्ण उपलब्धिका रूपमा लिँदै विद्यार्थीको क्षमता विकास र शैक्षिक उत्कृष्टतामा थप जोड दिने जनाएको छ । कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई सम्मान तथा बिदाइ गरिएको थियो । विद्यार्थीको सफलताका लागि निरन्तर खटिएका शिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस