ट्रेण्डिङ

रास्वपा देशको विधान र संविधानअनुसार चल्नुपर्छ: सभापति थापा

  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८३ जेष्ठ २८, बिहिबार (१४ घण्टा अघि)
  • ७ पटक पढिएको
रास्वपा देशको विधान र संविधानअनुसार चल्नुपर्छ: सभापति थापा

गोरखा । गोरखा पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताए ।
मंगलबार भएको कार्यकर्ता भेटघाटको क्रममा सभापति थापाले पाँच वर्ष सरकार चलाउने जिम्मा पाएको रास्वपा देशको विधान र संविधान अनुसार चल्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षको भूमिकामा रहेको बताउँदै रास्वपाभित्र के हुन्छ के हुँदैन, त्यो हाम्रो सरोकारको विषय होइन । पाँच वर्ष रास्वपाले सरकार चलाउन पाएका छन्, सरकार चलाउनुहुन्छ भन्ने विश्वास नेपाली कांग्रेसले राखेको सभापति थापाले जनाए ।
देशको संविधान र विधान अनुसार सरकार चल्छ कि चल्दैन त्यो हेर्ने जिम्मेवारी कांग्रेसको रहेको स्पष्ट पार्दै राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको सभापति थापाको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस