ट्रेण्डिङ

ज्ञानकुञ्जका विद्यार्थीलाई स्वागत तथा विदाई

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८३ अषाढ २०, शनिबार (१ हप्ता अघि)
  • ७ पटक पढिएको
ज्ञानकुञ्जका विद्यार्थीलाई स्वागत तथा विदाई

काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा १२ को अध्ययन सम्पन्न गरेका विद्यार्थीलाई विदाई गरेसँगै कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ ।
शनिबार भएको कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यको सभापतित्व गरेका थिए भने सहायक प्रिन्सिपल नमराज दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा व्यवस्थापन समिति सदस्य तथा प्रबन्ध निर्देशक प्रताप वैद्य र व्यवस्थापन समिति सदस्य आत्माराम थापाले विद्यार्थीलाई टीका, खादा, मेडल, ब्याच तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक प्रताप वैद्यले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सफल भविष्यको शुभकामना व्यक्त गर्दै उनीहरूलाई समाज र राष्ट्रप्रति उत्तरदायी नागरिकका रूपमा अघि बढ्न आग्रह गरे ।
त्यसैगरी वैद्यले प्रतिष्ठानले गुणस्तरीय, आधुनिक तथा वैज्ञानिक शिक्षण प्रणालीमार्फत अभिभावकमाझ विश्वास कायम गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।


सोही अवसरमा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित २०८२ सालको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गराउन योगदान पु¥याएका शिक्षकहरूलाई सम्मान गरिएको थियो । सहायक कलेज प्रमुखले विद्यार्थीलाई अध्ययनसँगै सामाजिक, सांस्कृतिक, खेलकुद लगायतका क्षेत्रमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै ज्ञानकुञ्जबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई जीवनोपयोगी बनाउँदै नेतृत्वदायी व्यक्तित्वका रूपमा स्थापित हुन शुभकामना व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायका प्रतिनिधिले यस्ता कार्यक्रमले विद्यार्थीको शैक्षिक उपलब्धीसँगै सामाजिक, सांस्कृतिक र भावनात्मक विकासमा समेत सकारात्मक योगदान पु¥याउने धारणा व्यक्त गरेका थिए ।