ट्रेण्डिङ

नक्कली सुन र बिलसहित ठगी गर्ने व्यक्ति पक्राउ

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८३ श्रावण २८, बिहिबार (२ घण्टा अघि)
  • १३ पटक पढिएको
नक्कली सुन र बिलसहित ठगी गर्ने व्यक्ति पक्राउ

काभ्रे । बनेपा नगरपालिका वडा नं. ११ सिनागालस्थित सक्कली सुनको नाममा नक्कली सुन र बिल देखाई ठगी गर्ने व्यक्ति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आइतबार गौतम भिलेज रिसोर्टमा बेथानचोक गाउँपालिका वडा नं. ५ बस्ने नर बहादुर लामाको छोरा वर्ष ३२ को अक्षय लामाले सक्कली सुन भनी सुन पसलको बिल समेत बनाई नक्कली सुन दिई ठगी गरेको भन्ने सूचनाको आधारमा लामालाई पक्राउ गरेको हो ।


लामाको शरीर रीतपूर्वक खानतलासी गर्दा सुन जस्तो देखिने धातुका गर–गहनाहरू फेला परेकोले कानुन बमोजिम पक्राउ गरी उनको रोहवरमा घरकोठा समेत खानतलासी गर्दा कोठाबाट समेत ठगी मुद्दामा प्रमाण लाग्ने दशी प्रमाण समेत फेला पारी रीतपूर्वक बरामद गरी पीडितहरुबाट ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त प्राप्त भई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
तत्काल लामाबाट सुन जस्तो देखिने पहेंलो धातुको बाला थान–१, सुन जस्तो देखिने पहेंलो धातुको घाटीमा लगाउने हार थान–१, सुन जस्तो देखिने पहेंलो धातुको घाटीमा लगाउने सिक्री थान–१, सुन जस्तो देखिने पहेंलो धातुको हातमा लगाउने ब्रासलेट थान–१, सुन जस्तो देखिने पहेंलो धातुको कानमा लगाउने झुम्का थान–२, iPhone मोबाईल थान–१, NOKIA मोबाईल थान–१ र नक्कली नगदी बिल थान–१ बरामद गरिएको छ भने लामाको घरकोठाबाट सुन जस्तो देखिने पहेंलो धातुको सिक्री थान–१, सुन जस्तो देखिने पहेंलो धातुको बेरुवा रिङ धान–२, सुन जस्तो देखिने पहेंलो धातुको नाकमा लगाउने नथी थान–१, मिति २०८०।०२।०४ गते काटिएको नक्कली बिल थान–१, विभिन्न बैंकको अक्षय लामाको नामको चेक बुक थान–१४, Chyalti pashupalan tatha poultry form लेखिएको चेकबुक थान–१, गरिमा विकास बैंकको नगदी भौचर थान–३, Global IME Bank को नगदी भौचर थान–१, NIC ASIA Bank को नगदी भौचर थान–५, सुगन्ध बचत तथा ऋण सहकारी संस्था लि. को नगदी भौचर थान–५, रोजन प्रिन्टिङ प्रेसको अक्षय लामाको परिचय कार्ड थान–२, ग्लोबल खबरको अक्षय लामाको परिचय कार्ड थान–१ र ST-XAVIER को अक्षय लामाको परिचय कार्ड थान–१ बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए ।