
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत प्रसादि पाठशालाको आयोजनामा जिल्लाव्यापी अन्तरविद्यालय वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ ।
उक्त वादविवाद प्रतियोगितामा कक्षा ७ तर्फ “विद्यार्थी जीवनमा अनुशासन कि स्वतन्त्रता” शीर्षकमा प्रथम आरूषी महतो, ईडेन गार्डेन स्कुल, द्धितीय दिपीका कार्की, मदरल्याण्ड स्कुल, तृतीय यूनिशा खत्री, आरक्षण नेसनल स्कुल र सान्त्वना प्रिन्शा देउजा, विमल मेमोरियल विद्यापीठ हुन सफल भए ।
त्यसैगरी कक्षा ६ तर्फको वादविवाद शीर्षक “ए आई ले विद्यार्थीको सिकाईलाई सहज बनाउँछ कि अल्छि” प्रतियोगितामा प्रथम विश्रुति सापकोटा, ईडेन गार्डेन स्कुल, द्धितीय हिमांशु भट्ट, यूनिटी स्कुल, तृतीय कृष्टिका भण्डारी, मदरल्याण्ड स्कुल र सान्त्वनाः भूमिका जिरेल– विमल मेमोरियल विद्यापीठले प्राप्त गरेका थिए ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सदस्य विद्यालयहरु बीच आयोजना गरिएको वादविवाद प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक क्षमता एवं वाककलालाई अभिवृद्धि गराउने उद्देश्य रहेको बताउँदै कार्यक्रम आयोजक प्रसादि पाठशाला स्कुलप्रति आभार व्यक्त गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा बरिष्ठ साहित्यकार डा. सीता सुवेदी र नेत्र प्रसाद घिमिरे रहेको प्रतियोगितामा नेसनल प्याव्सन भक्तपुर सहसचिव एवं प्रसादि पाठशाला स्कुलका प्रिन्सिपल दिनेश शाक्यले नेसनल प्याव्सन भक्तपुरलाई धन्यवाद दिएका थिए ।
