ट्रेण्डिङ

भारी मतका साथ कांग्रेस सभापतिमा गगनकुमार थापा

  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८३ आश्विन २४, शनिबार (६ घण्टा अघि)
  • ६ पटक पढिएको
भारी मतका साथ कांग्रेस सभापतिमा गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।
सभापति पदका प्रत्यासी उम्मेदवार श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरेका थिए । कुल ७ हजार १३ मत खसेको मतमा थापाले ९३.८८ प्रतिशत मत र खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत (५४ मत) मत बदर भएको छ ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रिय थिए । तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेको थियो ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भएको थियो । कांग्रेसकै देउवा समूहले पनि १५औँ महाधिवेशन गरिरहेका छन् । यद्यपी यसको आधिकारिकता भने अदालतले गर्ने फैसलाबाट स्पष्ट हुनेछ ।