ट्रेण्डिङ

काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाबीच निर्माण तथा विकाससम्बन्धी सम्झौता

धुलिखेलको टुँडिखेलमा पार्क बन्ने
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ मंसिर ८, मंगलबार (२ दिन अघि)
  • १० पटक पढिएको
काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाबीच निर्माण तथा विकाससम्बन्धी सम्झौता

काभ्रे । काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाबीच मंगलबार आयोजित एक कार्यक्रममा पूर्वाधार निर्माण तथा विकाससम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं महानगरपालिकाको सहकार्यमा धुलिखेल नगरपालिका वडा नं. ७ स्थित टुँडिखेलमा पार्क बन्ने भएको छ ।
पार्कको पूर्वाधार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ७ करोड लागतको उक्त आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने चालु आर्थिक वर्षमा रु. १ करोड आर्थिक सहयोग उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले ‘काठमाडौँ–धुलिखेल मैत्री पार्क’ निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा रहेको धुलिखेललाई पारिवारिक मनोरञ्जन, विश्राम र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले यो सहकार्य अघि बढाइएको नगर प्रमुख जंगमले जानकारी दिएका छन् ।
दुवै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थितिकाबीच सो सम्झौतामा हस्ताक्षर गरिएको थियो ।