ट्रेण्डिङ

सक्षम, सबल र अब्बल शिक्षक तथा व्यवस्थापन टिम भएकोले विद्यालयको परिणाम उल्लेखनीय छ

सक्षम, सबल र अब्बल शिक्षक तथा व्यवस्थापन टिम भएकोले विद्यालयको परिणाम उल्लेखनीय छ

शिक्षा क्षेत्रको अनुभव, योगदान र आगामी योजनाबारे बनेपा ABM स्कूल तथा कलेजका संस्थापक तथा प्रिन्सिपल राम प्रसाद तिमल्सिनासँग अनलाइन काभ्रे (Online Kavre) का सह–सम्पादक रोहित दंगालले गरेको संवादको केही अंश:

विद्यालयको उद्देश्य र दर्शनबारे
० ABM स्कूल स्थापना गर्नुको मुख्य उद्देश्य के हो ? 
विद्यालय स्थापना गर्नुको मुख्य उद्देश्य भनेको बनेपा पनौती धुलिखेल र समग्र काभ्रे जिल्लाको शिक्षालाई नविनतम ढङ्गबाट बालबालिकाको सर्वाङ्गीण विकास हुनेगरी शिक्षा प्रदान गर्ने उद्देश्यलेविद्यालयको स्थापना गरिएको हो।
० विद्यालयले पछिल्ला वर्षहरूमा कस्तो शैक्षिक प्रगति हासिल गरेको छ ?
विद्यालयले पछिल्लो समयमा स्थानीय अभिभावक विद्यार्थी र समग्र शिक्षा क्षेत्रमा अत्यन्तै प्रभावकारी जीवन उपयोगी शिक्षा प्रदान गर्दै गइरहेकोले दिनानुदिन विद्यार्थीहरूको चाप बढ्दै गरेको छ भने भर्ना खुलेको केही दिनमा नै भर्ना बन्द गर्नुपर्ने अवस्थामा रहेको छ  ।
० यहाँको “शिक्षा दर्शन” वा guiding principle के हो ?
शिक्षाबाट नै शाश्वत सत्य प्राप्त हुन्छ भन्ने मूल ध्येयका साथ स्थापना भएको यस स्कुलले बालबालिकाहरूलाई संस्कारसहित शिक्षा र सक्षमताको आधारशिला निर्माण गरी जीवन सुखमय आनन्दमय र सम्मान जनक रुपमा जिउने कला प्रदान गर्न विद्यालय परिवार सक्षम छ।

पढाइको गुणस्तर र पठनपाठन शैली

० कक्षा ११ का लागि तपाईँहरूको पाठ्यक्रम कस्तो प्रकारले सञ्चालन गरिन्छ?
कक्षा ११ का लागि नयाँ पाठ्यक्रम २०७८ को प्रारूप अनुसार पाठ्यक्रमले निर्दिष्ट गरेका सबै मूल्याङ्कन प्रणालीहरूलाई अवलम्बन गर्दै आईएसओ इओएमएस द्वारा तयार गरिएको शिक्षण सिकाई प्रणालीलाई प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरको पठनपाठन साथै अवलोकन भ्रमण प्रदर्शनी र अभिभावकको चाहना विद्यार्थीको रुचि क्षमता र कक्षा ११/१२ मा पढ्ने विद्यार्थीका लागि विज्ञान समूह व्यवस्थापन समूह कानुन समूह भित्र रहेर व्यवहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आइरहेका छौं  ।
० विद्यालयमा कति अनुभवी शिक्षकहरू छन् र उनीहरूको शैक्षिक योग्यता कस्तो छ?
यस स्कुल तथा कलेजमा पढाउने शिक्षकहरू शैक्षिक योग्यताका हिसाबले उत्कृष्ट एवं अनुभवी साथै स्वाबलम्बी शिक्षाका लागि उत्प्रेरणा प्रदान गर्न सक्ने सक्षम, सबल र अब्बल शिक्षक तथा व्यवस्थापनमा आबद्ध टिमले नै विद्यालयको सम्पूर्ण गतिविधिहरु सञ्चालन गरेको हुँदा परिणाम पनि सोही अनुसारको सफल र उल्लेखनीय रहेको छ ।
० शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई विद्यालयले कत्तिको प्राथमिकता दिन्छ?
विद्यालयको गहना भनेकै शिक्षक प्राध्यापकहरू हुनुहुन्छ भने शिक्षालाई ग्रहण गर्न आउने विद्यार्थीहरू झनै महत्वपूर्ण र जीवन रूपान्तरणका लागि अनुकरणीय शिक्षा प्राप्त गर्न आउने भएकोले शिक्षक, विद्यार्थी, अभिभावक र समुदाय बीच सबै पक्षसँग अनुशासित सम्बन्ध रहेकोले नै निरन्तर रुपमा विद्यालयको उन्नति प्रगति र विकास भइरहेको छ। यद्यपि एक अर्काप्रति अनुत्तरित हुने हो भने यो सफलता प्राप्त गर्न कठिन देखिन्छ ।

उपलब्ध विषयहरू (Streams and Subjects)

० कक्षा ११ मा कुन–कुन संकायहरू छन्?
कक्षा ११ १२ मा हाम्रो कलेजमा साइन्स साइन्स समूहभित्र अंग्रेजी, नेपाली, गणित, फिजिक्स, केमिस्ट्री, कम्प्युटर साइन्स वा बायोलोजी पढ्न सकिन्छ भने म्यानेजमेन्ट समूहमा अनिवार्य विषयहरू तीनवटा र ऐच्छिक विषयहरुमा अकाउन्ट, इकोनोमिक्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडी, कम्प्युटर साइन्स लगायतका विषयहरू पढ्न सकिन्छ। त्यसैगरी कानुन समूहमा नियमित विषयबाहेक ह्युमन राइट्स प्रसिडर्स ल, constitutional law civil love क्रिमिनल ल लिगल ड्राफ्टिङ लगायतका विषयहरु पढाइन्छ भने एजुकेसन र ह्युमनिटी समूहबाट मेजर नेपाली मेजर इङ्लिस जापानिज भाषा, कोरियन भाषा, संस्कृत भाषा, अन्य अन्तर्राष्ट्रिय भाषाहरू र स्पष्ट साइन्स जस्ता विषयहरु पनि पढ्ने व्यवस्था एभिएम कलेजमा रहेको छ ।
० कुन–कुन ऐच्छिक विषयहरू उपलब्ध छन्?
computer science, math sport, science, mass communication, law लगायतका विषयहरूको हरेक दिन प्राक्टिकल, theoritical, ग्रुप ओर, presentation, project work visit र एक्जिबिसन हुने गरेका छन्। जसले गर्दा विद्यार्थीहरूको सिकाई उपलब्धिमा शत प्रतिशत सक्षमता प्राप्त हुने गरेको छ।

भौतिक पूर्वाधार र सुविधाहरू
० प्रयोगशाला, लाइब्रेरी, कम्प्युटर कक्षजस्ता शैक्षिक पूर्वाधार कस्तो छन्?
विद्यालयको भौतिक पूर्वाधारका सम्बन्धमा कुरा गर्दा यस विद्यालयको किन्डर गार्डेनदेखि ब्याचलरसम्म पढ्ने विद्यार्थीहरूका लागि स्वस्थ सुन्दर वातावरणमा अवस्थित बनेपाको हाइटमा रहेको छ भने प्रत्येक भवनहरू भूकम्प रहित गौरीशंकर हिमाल, जुगल हिमाल, लाङटाङ हिमशृङ्खला देख्न सकिने र काभ्रे जिल्लाकै पहिलो फुट्सल भएको, त्यसैगरी विकलबल अन्य अतिरिक्त खेलहरू संस्कारसहितको संस्कृत भाषा पढाउने पहिलो संस्थागत विद्यालय र अन्य विविध नविनतम विषयहरू भाषाहरू र समय सुहाउँदो यी लाइब्रेरी, इन्टरनेट, स्मार्टबोर्ड, योगा-ध्यान-प्राणायाम लगायतका पूर्वीय तथा पाश्चात्य चिन्तनका नवीनतम विषयवस्तुहरूलाई अनुकरण गरी पाठ्यक्रममा समावेश गरी सिकाइ हुने काभ्रे जिल्लाको फरक र नविनतम विद्यालय रहेको छ।


० खेलकुद र अतिरिक्त क्रियाकलापको लागि के व्यवस्था गरिएको छ ?
प्रत्येक व्यक्ति भिन्नभिन्न स्वभावका हुन्छन्, कोही खेलेर सिक्न चाहन्छन्, कोही अनुभव गरेर सिक्न चाहन्छन् । ती सबै पक्षलाई समेट्न एबिएम स्कुलले विद्यार्थीहरुलाई परम्परागत खेलहरू देखि आधुनिक खेलहरु समावेश गरेको छ । त्यसैगरी शैक्षिक भ्रमण लगायतका अतिरिक्त गतिविधिहरूलाई प्रभावकारी रुपमा हरेक दिन पाठ्यक्रममा समाविष्ट गर्दै अगाडि बढाइरहेका छौं ।

नतिजा र विद्यार्थीको प्रगति
० विगत ५ वर्षको कक्षा ११ र १२ को बोर्ड परीक्षाको नतिजा कस्तो आएको छ?
कक्षा ११ र १२ मा अध्ययन गरेका विद्यार्थीहरूको यो सातौं व्याससम्म पनि राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट जिपिएस सहित सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
० तपाईँहरूका विद्यार्थीहरू कुन–कुन कलेज वा युनिभर्सिटीहरूमा गएका छन्?
हाम्रो कलेजबाट ११ र १२ पास गरिसकेपछि स्वदेशमै रहेका युनिभर्सिटीजहरूमध्ये काठमाडौँ युनिभर्सिटी, त्रिभुवन युनिभर्सिटी, पोखरा युनिभर्सिटी अन्तर्गत मेडिकल साइन्स, इन्जिनियरिङ, व्यवस्थापन र अन्य विविध विषयसँगै विश्व बजारमा रहेका अस्ट्रेलिया, क्यानडा, युएसए, युके, जापान, कोरिया लगायतका देशका प्रसिद्ध विश्वविद्यालयहरूमा ब्याचलर, मास्टर्स र पिएचडी गर्दै पेशागत रुपमा काम पनि गर्दै आइरहेका छन्।

विद्यार्थीको भविष्य निर्माणमा विद्यालयको भूमिका
० विद्यार्थीलाई नेतृत्व विकास, व्यक्तित्व विकास, presentation skill आदि सिकाउन के कार्यक्रमहरू छन्?
विद्यार्थीहरूको नेतृत्व विकास व्यक्तित्व विकास गर्नका लागि हामीले हाम्रा शिक्षकहरु साथसाथै विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञहरू जस्तै मानव अधिकारकर्मी, सञ्चारकर्मी, न्यायकर्मी जसले जीवनमा सफलता र प्रेरणा दिन सक्ने वैज्ञानिक दार्शनिकहरुलाई guest lecturer को रूपमा ल्याउने, motivation गर्ने, पढेको कुरालाई जीवनमा उतार्नका लागि प्रिजेन्टेसन गराउने, अन्तरसंवाद गर्ने गराउने र निकट भविष्यमा नै स्कुलले नै आफ्नो पोडकास्ट स्टुडियो निर्माण गरी यस्ता व्यक्तित्वहरुसँग अझै निकटता र प्रतिबद्ध भएर  काम गर्न सक्ने सक्षमताको विकास गर्ने लक्ष्य लिएको छ।
० मेधावी, विपन्न, वा खेलकुदमा अब्बल विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ कि?
मेधावी सक्षम र राष्ट्रिय कृतिमान राख्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृद्धि र थप अध्ययनका लागि विद्यालयले नै अध्ययन तथा उद्यमशीलताका लागि लगानी गरिदिने वातावरणसमेत निर्माण गरेको छ।
० अभिभावकलाई विद्यालयका गतिविधिमा संलग्न गराउने व्यवस्था छ? अभिभावक–शिक्षक बैठक (PTM) कति पटक गरिन्छ?
अभिभावक शिक्षक बीच शैक्षिक सत्र प्रारम्भको पहिलो महिना जुनबेला कोर्स करिकुलम र वार्षिक योजनाका बारेमा बैठक बसिन्छ भने त्यसपछि हरेक तीन महिना छ महिना, नौ महिना र शैक्षिक सत्रको अन्तिम गरी ४ देखि ६ पटक अभिभावक शिक्षक र विद्यालय प्रशासन बीच अन्तरसंवाद हुन्छ । आवश्यकता अनुसार हरेक दिन अभिभावक शिक्षक बीच बिहान ८:३० बजेदेखि १० बजेभित्र दैनिक भेटघाट हुने गर्दछ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ? 
सात समुन्द्र पारी भएपनि मेरा केही विचारहरु, जिज्ञासाहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा अनलाइन काभ्रे र यस अनलाइनका सह-सम्पादक रोहित दंगाल सरलाई आभार एवं कृतज्ञता अर्पण गर्दछु। धन्यवाद।