
केम्यान । केम्यान आइल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था ‘नेपाली कम्युनिटी अफ केम्यान आइल्याण्ड्स’ (NCCI) ले नेपाल सरकारलाई एक ज्ञापनपत्र बुझाएको छ।
उक्त देशमा कार्यरत २ हजारभन्दा बढी नेपाली नागरिकहरूका विभिन्न समस्या, सरोकार र मागहरूलाई सम्बोधन गर्न आग्रह गर्दै संस्थाका उपाध्यक्ष प्रकाश सुवेदीद्वारा उक्त ज्ञापनपत्र प्रस्तुत गरिएको हो।
ज्ञापनपत्रमार्फत केम्यान आइल्याण्डमा रहेका नेपालीहरूले भोग्नुपरेका व्यावहारिक समस्या, राहदानी तथा अन्य प्रशासनिक सहजीकरणका विषयमा ध्यानाकर्षण गराइएको छ।
बाढीपहिरो पीडितका लागि १२ हजार अमेरिकी डलर सहयोग

ज्ञापनपत्र बुझाउनुका साथै केम्यान आइल्याण्डमा रहेका नेपाली समुदायले नेपालमा हालै गएको बाढी तथा पहिरोबाट प्रभावित भएका पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि १२ हजार अमेरिकी डलर (करिब रु. १६ लाखभन्दा) संकलन गरी पठाएको छ।
संस्थाका उपाध्यक्ष प्रकाश सुवेदीका अनुसार प्रवासमा रहे पनि मातृभूमिमा परेको विपत्तिमा मलम लगाउने उद्देश्यले सो रकम संकलन गरी हस्तान्तरण गरिएको बताए ।
