
काभ्रे । आभाष बचत तथा ऋण सहकारी संस्था लि., बनेपाले आफ्नो १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारणसभामा आभाष साकोसका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले आर्थिक उन्नति र युवाहरुको लागि व्यवसाय गर्न सरकारले ५० लाख सम्म सामूहिक जमानीमा ऋण लगानी गर्नसके विदेशिएका युवाहरु स्वरोजगार बन्नसक्ने बताउँदै जेनजीले ल्याएको परिवर्तन सुशासन र भ्रष्टाचारमुक्त गर्ने परिकल्पनालाई उद्योग वाणिज्य संघले सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।
कार्यक्रममा सल्लाहकार एवं यातायात व्यवसायी योगेन्द्रनाथ कर्माचार्य, निवर्तमान अध्यक्ष दिनेशराज कायस्थले मन्तव्य राखिएको सभामा सचिव धर्मभक्त वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुर्यकुमार रंजितले आयव्ययको प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक विकास वैद्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
साधारण सभामा संस्थाको कुल सम्पत्ति ९८ करोड ९ लाख ४८ हजार ६ सय ३१, शेयर पूँजी ३ करोड ७६ लाख ८२ हजार २ सय, बचत संकलन ८२ करोड ३ लाख २७ हजार ४९, ऋण लगानी ६६ करोड ५७ लाख २ हजार १ सय ९२ र जगेडा कोष २ करोड ९४ लाख २१ हजार १ सय ५ रहेको जानकारी दिइएको थियो ।
