ट्रेण्डिङ

विन्धवासिनी साकोसको ३३ औं साधारणसभा

  • अनलाइन काभ्रे
  • / अर्थ /
  • २०८३ आश्विन १८, आईतबार (१ दिन अघि)
  • १२ पटक पढिएको
विन्धवासिनी साकोसको ३३ औं साधारणसभा

काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३३ औं साधारण सभा बनेपामा शुक्रबार सम्पन्न गरेको छ ।
संस्थाले हालसम्म ४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी बचत संकलन गरेको संस्थाका सचिव डोरेन्द्रराज सापकोटाले जानकारी दिएका छन् । सहकारीको कुल शेयर पूँजी रु. ५३ करोड ४७ लाख रहेको विवरणमा उल्लेख छ । त्यस्तै, संस्थाले विभिन्न क्षेत्रमा गरी रु. ३ अर्ब ६१ करोड ७९ लाख कर्जा लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति रु. ५ अर्ब ४४ करोड रहेको छ ।
बिन्धवासिनी सहकारीमा हालसम्म ६१ हजार १ सय ५६ शेयर सदस्य रहेका छन् । त्यस्तै, शैक्षिक बाल बचतकर्ताको संख्या १२ हजार ६ सय ५ रहेको छ । शेयर सदस्य र शैक्षिक बाल बचतकर्तासहित संस्थासँग आबद्ध कुल सदस्य संख्या ७३ हजार ७६१ पुगेको छ । संस्थाको खुद आय ४ अर्ब ३२ लाख ७ हजार ५६४ र खुद व्यय ३ अर्ब ७८ करोड, २३ लाख ६ हजार ४१७ रहेको छ ।
संस्थाका कोषाध्यक्ष भीमबहादुर खत्रीले गत आर्थिक वर्षभन्दा सदस्य संख्या बृद्धिमा लक्ष्यको ३२.५६ प्रगति भएको जानकारी दिँदै बचत तथा निक्षेपमा ४४.८५ प्रतिशत बृद्धि भएको जानकारी दिए । कोषाध्यक्ष खत्रीका अनुसार संस्थाको शेयर पूँजीमा २०.६७ प्रतिशत, जगेडा कोषमा ३३.२९ प्रतिशत, कूल सम्पतिमा २६.४४ प्रतिशत बृद्धि भएको छ ।
संस्थाले वित्तीय कारोबारसँगै सदस्य संरक्षण तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत निरन्तरता दिएको जनाएको छ । आर्थिक वर्ष २०८३÷०८४ को साउन महिनामा मात्रै विभिन्न सदस्य संरक्षण कार्यक्रम अन्तर्गत १ सय ६६ जनालाई रु.१४ लाख ५९ हजार ९ सय २३ बराबरको निःशुल्क सुविधा तथा सहयोग उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।
संस्थाको मुख्य कार्यालय बनेपा र सेवा केन्द्रहरु, खोपासी, पनौती, ढुंखर्क, पाँचखाल, भकुण्डे, बनेपा तथा बानेश्वरमा रहेका छन् ।