ट्रेण्डिङ

बनेपामा विद्युतीय गाडीको ब्याट्री स्वास्थ्य परीक्षण हुने

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ आश्विन २७, मंगलबार (१४ घण्टा अघि)
  • २१ पटक पढिएको
बनेपामा विद्युतीय गाडीको ब्याट्री स्वास्थ्य परीक्षण हुने

काभ्रे । CATL ब्याट्री जडित विद्युतीय सवारीसाधनका लागि बनेपामा ब्याट्री स्वास्थ्य परीक्षण (EV Battery Health Check-up) कार्यक्रम सञ्चालन हुने भएको छ।
बनेपा जनागालस्थित काभ्रेको क्याफे (Kavreko Café) मा आज देखि २९ गते सम्म ब्याट्री स्वास्थ्य परिक्षण हुन लागेको हो। नेबुला इनर्जी (Nebula Energy) र निङ सर्भिस (Ning Service) को सहकार्यमा कार्यक्रम सञ्चालन हुने छ।
पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा यसको मुख्य हिस्सा मानिने ब्याट्रीको अवस्था, कार्यक्षमता र दीर्घकालीन उपयोगिताबारे चासो पनि बढिरहेको छ। विद्युतीय सवारीसाधनको सञ्चालनमा ब्याट्रीको महत्वपूर्ण भूमिका रहने भएकाले समय–समयमा यसको स्वास्थ्य अवस्था परीक्षण गर्नु आवश्यक मानिन्छ।
यसै सन्दर्भमा आयोजना गर्न लागिएको ब्याट्री स्वास्थ्य परीक्षण कार्यक्रमले CATL ब्याट्री जडित व्यावसायिक विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई आफ्नो सवारीसाधनको ब्याट्री अवस्थाबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा आयोजकले राखेको छ।
ब्याट्रीको कार्यक्षमताले सवारीसाधनको सञ्चालन, नियमित प्रयोग तथा सञ्चालन खर्च व्यवस्थापनमा प्रभाव पार्न सक्ने भएकाले यसको स्वास्थ्य परीक्षणलाई उपयोगी मानिएको छ ।