ट्रेण्डिङ

आत्मा विकासका विद्यार्थीहरुलाई स्वर्गीय अमरनाथ सराफ फाउण्डेशनद्वारा न्यानो पोशाक वितरण

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ मंसिर १८, बिहिबार (१० महिना अघि)
  • ३६७ पटक पढिएको
आत्मा विकासका विद्यार्थीहरुलाई स्वर्गीय अमरनाथ सराफ फाउण्डेशनद्वारा न्यानो पोशाक वितरण

काभ्रे । बेथानचोक गाउँपालिकाको आत्मा विकास माध्यमिक विद्यालय, च्याल्टीका विद्यार्थीहरुलाई स्वर्गीय अमरनाथ सराफ फाउण्डेशनद्वारा न्यानो पोशाक वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको समन्वयमा, लायन्स क्लब अफ काठमाण्डु टेम्पल सिद्धिविनायकको आयोजनामा फाउण्डेशनका अध्यक्ष सन्तोष सराफ तथा चन्दन सराफ लगायतले विद्यालयका २ सय १० जना विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरेको हो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले साना साना सहयोगले आवश्यक परेकाहरुलाई ठूलो राहत मिल्ने बताउँदै सहयोगदातालाई धन्यवाद दिएका छन् । शिक्षाको क्षेत्रमा विभिन्न काम गरेको भए पनि सीमित स्रोत साधनका कारण दाताहरुको सहयोगले राहत मिलेको बताए ।
कार्यक्रममा स्वर्गीय फाउण्डेशनका अध्यक्ष सराफले ग्रामिण भेगका विद्यार्थीलाई सहयोग होस् भन्ने हेतुले सहयोग गर्दै आएको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेश सिंह विष्टले सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।