ट्रेण्डिङ

नयाँ तीज गीत ‘ओइ बुढा’ सार्वजनिक

  • अनलाइन काभ्रे
  • / मनोरञ्जन /
  • २०८२ श्रावण २०, मंगलबार (११ महिना अघि)
  • ७४३ पटक पढिएको
नयाँ तीज गीत ‘ओइ बुढा’ सार्वजनिक

काठमाडौं । नेपाली महिलाहरूको महान् चाड तीजलाई लक्षित गर्दै सन्तोष लामिछानेको शब्द रहेको गीतमा सरोज लामिछाने र मञ्जु गौतमको स्वरमा नयाँ नेपाली तीज गीत ‘ओइ बुढा नयाँ साडी खोइ बुढा’ सार्वजनिक गरेको छ ।
सरोज लामिछानेकै संगीत रहेको गीतमा रामकृष्ण थापाको एरेन्ज र खडक बजुरालीको मिक्सिङ छ भने राजेन्द्र बजुराली, सागर बजुराली र गोविन्द पराजुलीले गीतलाई रेकर्ड गरेका हुन्।
गीतको भिडियोलाई मिलन श्रेष्ठको निर्देशन गरेका छन्। जसमा दीपेन्द्र सुनाम र सरिता डंकोटी फिचर्ड छन्। सन्तोष तिमल्सिनाले खिचेको भिडियोमा प्रतिभा चम्लिङको कोरियोग्राफी छ।
रोशन धितालले सम्पादन गरेको गीतको भिडियो सरोज लामिछानेको युट्युब च्यानलमार्फत सर्वाजनिक भएको हो।
हेर्नुस् भिडियो :