
नुवाकोट । साहित्य संगम नुवाकोटले विगत तीन दशकदेखि कला र संस्कृतिको संरक्षण, संवद्र्धनमा सक्रिय कलाकार, निर्देशक अमरकृष्ण चन्द सहित १० स्रष्टालाई सम्मान गर्दै साहित्यकार सुमित्रा सुमीको कलेजी बर्काे सार्वजनिक गरेको छ ।
साहित्य संगम नुवाकोटले कलाकार, निर्देशक अमरकृष्ण चन्द सहित स्रष्टाहरुलाई सम्मान गर्नुको साथै साहित्यकार सुमित्रा सुमिको कविता संग्रह कलेजी बर्काे विमोचन गरेको हो । सोही कार्यक्रममा साहित्य संगम नुवाकोटको वार्षिक साहित्यिक पत्रिका संगम समेत विमोचन गरिएको थियोे ।

वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकार, निर्देशक अमरकृष्ण चन्द (काभ्रेपलाञ्चोक) लाई सु–सन्देश पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ द्वारा सम्मान गरिएको थियो । चन्दलाई करिव तीन दशकदेखि नेपाली कला क्षेत्रमा नृत्य, अभिनय तथा निर्देशनको माध्यमबाट योगदान पुराए बापत सम्मान गरिएको थियोे ।
त्यसैगरी कार्यक्रममा लोकनाथ खराल (नवलपरासी) धनकुमारी तामाङ रत्न पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ बाट, कल्पना काफ्ले (धनकुटा) सरस्वती पौडेल÷ऋषिराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३, मन्दिरा चापागाईं (संखुवासभा) स्व. भवानी अधिकारी स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३, शशीश्री आचार्य (काठमाडौं) स्व. पद्मकुमारी चापागाईं स्मृती पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८३, सुशील आचार्य (रसुवा) स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ बाट सम्मान गरिएको थियोे ।
त्यस्तै दलबीर सिंह बरायली ‘घायल’ (रामेछाप) स्व. ईमान सिंह गुरुङ स्मृति पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८३, महेन्द्र नेउपाने (झापा, हाल ः भक्तपुर, उत्कृष्ट कृति वर्ष पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८३, चुनावी सेरोफेरो (लघुकथा सङ्ग्रह –२०८२), के.पी. खतिवडा (नुवाकोट) संगम साहित्य पुरस्कार तथा सम्मान– २०८३, लक्ष्मण सिटौला (नुवाकोट) संगम साहित्य पुरस्कार तथा सम्मान– २०८३ र सदिक्षा भट्टराई (सूर्यगढी– ५, नुवाकोट) नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान– २०८३ बाट सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिएकी थिइन् ।
कार्यक्रममा अध्यक्ष सुमीले आफ्नो अध्यक्षयीय मन्तव्यका राख्दै साहित्य संगम नुवाकोटको हरेक गतिविधिमा साथ दिनेहरु प्रति कृतज्ञता प्रकट गर्दै सदैव साहित्यको उत्थानमा लागिरहने बताइन् । संस्थाका अध्यक्ष सुमित्रा सुमीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।
