ट्रेण्डिङ

बनेपाका नेवार समुदायले गरे कन्यापूजा

  • अनलाइन काभ्रे
  • / कला/संस्कृति /
  • २०८२ श्रावण २९, बिहिबार (११ महिना अघि)
  • ४१७ पटक पढिएको
बनेपाका नेवार समुदायले गरे कन्यापूजा

|oplus_2

काभ्रे । जिल्लाको बनेपाका नेवार समुदायले कन्याहरुको पूजा गरेका छन् । श्री कृष्ण जन्माष्टीको अवसरमा बनेपाका नेवार समुदायले बेल विवाह नगरिएको बनेपाका कन्याहरुको पूजा गरेका हुन् ।
बिहीबार बनेपाका नेवार समुदायले बेल विवाह नगरेका बनेपाका कन्याहरुलाई टिका, तेल, फूल, अक्षता, प्रसाद, दक्षिणा, मिष्ठान खानेकुराहरु चढाएर पूजा गरेका हुन् ।
बनेपाको लायकुमञ्चदेखि गणेशस्थानसम्म सडकको पेटीमा लहरै बसेका कन्याहरुलाई पूजा गरिएको हो । कन्याहरुलाई पूजा गरेमा कन्या पुज्नेहरु तथा पुजिने दुवै निरोगी हुने धार्मिक विश्वास रहेको बनेपा नेवाः कन्या पूजा समितिका अध्यक्ष रत्न भक्त पोटेले जानकारी दिए ।
उनका अनुसार, २००१ सालदेखि बनेपाका नेवार समुदायले कृष्ण जन्माष्टमीको दुई दिन अघि टिकट प्रणालीमा बनेपाका कन्याहरुलाई पुज्दै आइएको छ ।  श्री कृष्ण जन्माष्टीको दिनमा बनेपामा कन्याहरुको विशेष पूजा गर्ने गरिन्छ । सो दिन रजश्वला नभएका कन्याहरुलाई पूजा गर्ने गरिन्छ । प्रत्येक वर्ष करिब ८ हजार कन्याहरुको पूजा गरिदैं आएको छ ।