
काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका–६ माझीटारकी गर्भवती सजिना गोलेलाई गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ आफैं काँधमा बोकेर उद्धार गरेका छन् ।
तीन दिनसम्म पेटमा शिशु नचलेपछि तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्था आए पछि अध्यक्ष थिङले आफैं काँधमा स्ट्रेचर बोकेर करिब डेढ घण्टा पैदल हिँड्दै बिरामीलाई गाडी भएको स्थानसम्म ल्याई आफ्नै सवारीसाधन प्रयोग गरी हेटौंडा हुँदै काठमाडौंको थापाथली अस्पताल पुर्याएका हुन् ।
हाल गोलेको उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको अस्पताल जनाएको छ ।
संघीय सरकारले खानीखोलाका आधारभूत समस्या समाधानमा ध्यान नदिँदा यस्तो समस्या बारम्बार दोहोरिने गरेको अध्यक्ष थिङले बताउँदै सरकारले यस विषयमा ध्यान दिन अति जरुरी रहेको बताए ।

उहाँ अनलाइन काभ्रे डटकमका सञ्चालक तथा संवाददाता हुनुहुन्छ ।
