
काभ्रे । धुलिखेल नगरपालिका–७ मा “ओ माइ ग्लोस युनिसेक्स सेलुन एण्ड एकेडेमी” आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
काठमाडौं मित्र मण्डलीका पास्टर आदम थापा, धुलिखेल–७ का वडा अध्यक्ष रोमी प्रसाद व्याञ्जु तथा सञ्चालक परिवारका अभिभावकले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरिएको हो ।
सञ्चालक दम्पती सृजना राई र साजन खड्गीले आधुनिक प्रविधि, स्वच्छ वातावरण तथा गुणस्तरीय सेवासहित पार्लर सञ्चालनमा ल्याइएको जानकारी दिए । पार्लरमा हेयर कटिङ, हेयर स्टाइलिङ, मेकअप, स्किन केयर, फेसियल, वैक्सिङलगायत सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध भएसँगै व्यावसायिक सीप विकासका लागि व्युटिसियन तालिमसमेत सञ्चालन गरिने बताए ।
सेवाग्राहीको स्वास्थ्य, विश्वास र सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै बजार मूल्य समान भए पनि आफ्नो पार्लरबाट सेवा लिने प्रत्येक ग्राहकलाई फरक अनुभूति दिलाउने सञ्चालकले प्रतिबद्धता व्यक्त गरेका छन् ।
दक्ष तथा अनुभवी जनशक्तिबाट सेवा प्रदान गरिने भएकाले सेवाग्राहीले सहज र सन्तोषजनक अनुभव प्राप्त गर्ने विश्वास लिइएको छ । उद्घाटनको अवसर पारेर पार्लरले एक महिनासम्म सम्पूर्ण सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको सोही कार्यक्रममार्फत् जानकारी दिएका छन् ।

उहाँ अनलाइन काभ्रे डटकमका सञ्चालक तथा संवाददाता हुनुहुन्छ ।
