ट्रेण्डिङ

पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै

  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८२ फागुन ३, आईतबार (५ महिना अघि)
  • ५१७ पटक पढिएको
पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर २ मा विभिन्न पार्टी परित्याग गरी २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार मतदाता भेटघाटका क्रममा भुम्लु पुगेका नेपाली कांग्रेस काभ्रे–२ का उम्मेदवार मधु आचार्य, भुम्लुका पार्टी सभापति जितेन्द्रमा लामा लगायतले उनीहरुलाई कांग्रेसमा स्वागत गरेका थिए । यो वडा रास्वपाको यस क्षेत्रका उम्मेदवार बदन भण्डारीको घर भएको वडा हो ।
कांग्रेस प्रवेश गर्नेहरुमा साधुराम खड्का, यज्ञबहादुर भण्डारी, प्रेमकुमारी खत्री, जीवन खत्री, माकुरी पहरी, अक्कले पहरी, टंकबहादुर पहरी, लोकबहादुर थापा, श्री बहादुर पहरी, शम्भु पहरी, सुन्तली पहरी, गोमा पहरी, गकुली पहरी, रामकुमारी पहरी, गोविन्दबहादुर पहरी, रामबहादुर पहरी, रुद्रबहादुर पहरी, कृष्णबहादुर खत्री, मौसमी भण्डारीलगायत रहेका छन् ।
लामो समय अरु पार्टीका कामहरु हेर्दा कसैको पनि काम चित्तबुझ्दो नभएको र नेपाली कांग्रेस नयाँ भएर आएका कारणले नेपाली कांग्रेसमा प्रवेश गरेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
यसैबीच कांग्रेस उम्मेदवार आचार्यले मतदाता भेटघाटलाई तिब्र बनाएका छन् । पाँचखाल नगरपालिकाबाट शुरु भएको मतदाता भेटघाट मण्डनदेउपुर, बेथानचोक, बनेपाका केही भागहरु हुँदै अहिले भुम्लुमा घरदैलो कार्यक्रम भइरहेको छ ।