ट्रेण्डिङ

क्लासिक टेकको १६औं वार्षिकोत्सवमा बृहत् खुला रक्तदान हुने

  • अनलाइन काभ्रे
  • / समाज /
  • २०८२ श्रावण १५, बिहिबार (११ महिना अघि)
  • ८६२ पटक पढिएको
क्लासिक टेकको १६औं वार्षिकोत्सवमा बृहत् खुला रक्तदान हुने

काभ्रे । क्लासिक टेक प्रा.लि.ले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा “रक्तदान, जीवनदान” भन्ने नारासहित वृहत खुला रक्तदान कार्यक्रम आगामी शनिबार (साउन १७ गते) हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा समाज डेन्टल, अल केयर हेल्थ सर्भिस प्रालि, चिया स्टेसन बनेपा र शुभकामना सिनेमा हलको सहकार्यमा हुने लागेको रक्तदान बिहान १०ः०० बजेबाट दिउँसो ४ः०० बजेसम्म अल केयर हेल्थ सर्भिस चारदोबाटोमा सञ्चालन हुनेछ ।
सोही अवसरमा रक्तदान गर्नेहरुका लागि शुभकामना सिनेमा हलको एक मुभि निःशुल्क, चिया स्टेशनको एक मट्का चिया निःशुल्क, अल हेल्थ केयर सर्भिसबाट स्वास्थ्योपचारमा २० प्रतिशत छुट, सुगर–प्रेसर परीक्षण निःशुल्क, समाज डेण्टलको तर्फबाट निःशुल्क दन्त परीक्षण तथा दन्तसम्बन्धी अन्य सेवामा २० प्रतिशत छुट प्रदान गरिने क्लासिक टेक बनेपा शाखाका प्रमुख निराजन रेग्मीले जानकारी दिनुभएको छ ।
रेग्मीका अनुसार क्लासिक टेकले वार्षिकोत्सव जस्ता अवसरमा सामाजिक उत्तरदायित्व पूरा गर्ने अभियान स्वरूप यस्ता कार्यक्रमहरू गर्दै आएको छ । आयोजकहरूले इच्छुक रक्तदाताहरूलाई निर्धारित समयमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेका छन् ।
क्लासिक टेकले विगतदेखि नै सामाजिक उत्तरदायित्वमा सक्रिय भूमिका खेल्दै आएको छ । स्वास्थ्यप्रति जनचेतना बढाउने र आपत्कालीन रक्त अभाव हटाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमबाट धेरैलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ ।