ट्रेण्डिङ

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको बृहत् रक्तदान, १ सय १३ पिन्ट रगत संकलन

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ कार्तिक २१, शनिबार (३ घण्टा अघि)
  • १  पटक पढिएको
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको बृहत् रक्तदान, १ सय १३ पिन्ट रगत संकलन

काभ्रे । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले गरेको रक्तदानमा १ सय १३ पिन्ट रगत संकलन भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपा पार्टी भेन्युमा भएको कार्यक्रममा १ सय १३ जनाले रक्तदान गरेको कार्यवहाक जिल्ला सभापति गुणराज मुक्तान जानकारी दिए ।


पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले रक्तदान गर्दै शुरवात गरेका थिए । स्वास्थ्य उपचारका लागि रगतको अभाव देखिएको गुनासो आएकाले अत्यावश्यक रगत तथा रक्त पदार्थको अभाव हुन नदिन रक्तदान गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जनाएको छ ।