
काभ्रे । चिया पारखीहरुका लागि नयाँ आकर्षणको थलो बनाउँदै बनेपामा “किट्ली” सञ्चालनमा आएको छ । बनेपाको ईलाका प्रहरी कार्यालय नजिकै खोलिएको “किट्ली” मा चिया मात्र नभई अध्ययन, मनोरञ्जन र खानपानको समेत सुविधा रहेको छ ।
“किट्ली” मा आउने ग्राहकहरूले विभिन्न स्वादका चिया पाइने सञ्चालक बताउँछन् । सञ्चालकका अनुसार आरामदायी र आकर्षक वातावरण भएको कारण पारिवारिक एवं साथीभाइ जमघट, छलफलका लागि “किट्ली” उपयुक्त थलो बन्ने विश्वास राखेका छन् ।

त्यस्तै किताब पढ्न रुचाउने ग्राहकहरुका लागि भनेर सोही अनुसारका पुस्तकहरु पनि राखिएको छ भने विभिन्न इन्डोर खेलहरु पनि खेल्न सकिने र “किट्ली” चिया पारखीहरूका लागि मात्र नभई सामाजिक मेलमिलाप, अध्ययन र मनोरञ्जनका लागि समेत नयाँ गन्तव्य बन्ने व्यवसायी अञ्जन रायमाझीले विश्वास व्यक्त गरे ।
