ट्रेण्डिङ

प्रगतिशील लेखक संघ काभ्रेको कवि गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८२ कार्तिक २९, शनिबार (८ महिना अघि)
  • ६०४ पटक पढिएको
प्रगतिशील लेखक संघ काभ्रेको कवि गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न

काभ्रे । प्रगतिशील लेखक संघ काभ्रेद्वारा आयोजित कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम संघका अध्यक्ष कान्छामान लामा ‘रक्तिम’ को अध्यक्षता र प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य तथा इन्चार्ज गोविन्द श्रृङ्खलाको प्रमुख आतिथ्यतामा शनिबार बनेपामा सम्पन्न भएको हो । प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा हुँदै आएको कार्यक्रममा यस पटकका ‘स्रष्टा विशेष’ बनेपा–३ निवासी लेखक विश्व सिग्देल रहेका थिए ।
कार्यक्रममा गोविन्द श्रृङ्खलाले साहित्य समाजको दर्पण मात्र नभई दिशानिर्देशक शक्ति भएको बताउँदै काभ्रेका स्रष्टाहरूले प्रगतिशील अभिव्यक्ति मार्फत सिर्जनशीलतामा नयाँ उचाइ बनाएको बताए । यस्ता साहित्यिक कार्यक्रमहरूले सर्जकहरूलाई ऊर्जा, प्रेरणा र अनुशासन प्रदान गर्ने बताए ।
त्यस्तै अर्का स्रष्टा सिग्देलले आफ्ना कृति ‘तालिको समाजशास्त्र’, ‘असेसन कथासङ्ग्रह’, ‘द प्रिमोडियल सङ अफ लभ’, साहित्यिक पत्रिका ‘अकाल कुसुम’ लगायत पुस्तकहरू र ‘तालिको समाजशास्त्र’ मा संङ्ग्रहित कविता वाचन गरेका थिए ।
संघका सचिव दिनेश राज खरेलले सञ्चालन गरेको कार्यक्रममा रचना प्रस्तुत गर्नेहरूमा रमि प्रिया, चन्द्र बहादुर लामा, केशवराज पौडेल, संजय सुमन, डी.पी. आत्रेय, बलराम विष्ट, सौगात घिमिरे, शशीश्री आचार्य, हरिप्रसाद चौलागाई, रामसुन्दर देउजा, केशव घिमिरे, सुसिला विष्ट, श्रीकृष्ण पाण्डे, मुरहरी रायमाझी, शुभद्रा अधिकारी लगायतको सहभागितामा दर्जनौँ साहित्यकार तथा स्रष्टाहरूले कविता, मुक्तक र अन्य विधाका रचना वाचन गरिएको थियो ।