ट्रेण्डिङ

कवि शिरोमणि लेखनाथ पौडेलको १४२औँ जन्मजयन्तीमा साहित्यिक कार्यक्रम

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८२ पौष १६, बुधबार (६ महिना अघि)
  • ५२७ पटक पढिएको
कवि शिरोमणि लेखनाथ पौडेलको १४२औँ जन्मजयन्तीमा साहित्यिक कार्यक्रम

काभ्रे । कवि शिरोमणि लेखनाथ पौडेलको १४२औँ जन्मजयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ काभ्रेको आयोजनामा मंगलबार आयोजित उक्त कार्यक्रममा पौडेलले नेपाली साहित्यमा पु¥याएको योगदानको स्मरण गरिनुका साथै स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरेका थिए ।
साहित्यकार भवानी पाण्डेले कवि शिरोमणि लेखनाथ पौडेलको लेखन, शिल्प, आदर्शता र मानवीय चेतनाले आजको आधुनिक समाजको यथार्थ बोल्ने गरेको उल्लेख गर्दै संस्कृत साहित्यलाई नेपाली भाषामा पुनर्लेखन तथा रूपान्तरण गर्न पौडेलको महत्वपूर्ण भूमिका रहेको चर्चा गरेकी थिइन् ।
कार्यक्रममा कविहरू भवानी पाण्डे, रक्तिम लामा, श्रीकृष्ण पाण्डे, नवराज उत्साही, मुरहरी रायमाझी, रामेश्वर आचार्य, डिकेन्द्र बस्नेत, दिनेश खरेल लगायतले कविता वाचन गरेका थिए भने कवितामार्फत साहित्य, समाज र मानवीय संवेदनाका विविध पक्ष प्रस्तुत गरिएको थियो ।