ट्रेण्डिङ

सामुदायिकको ३१ औं वार्षिक साधारण सभा

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८२ कार्तिक २९, शनिबार (८ महिना अघि)
  • ५१० पटक पढिएको
सामुदायिकको ३१ औं वार्षिक साधारण सभा

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औं वार्षिक साधारण सभा शनिबार संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभापतित्वमा सम्पन्न भएको छ ।
सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष मुकुन्द शर्माले, सचिव सरोज कुमार तिमिल्सेनाले सचिवको प्रतिवेदन र कोषाध्यक्ष कृष्ण थापाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा संस्थाको कूल सम्पत्ति ५ अर्ब ९८ करोड ३० लाख ९३ हजार ९ सय ३१, सदस्यको शेयर रकम ४९ करोड ३८ लाख ८ हजार ६ सय रहेको छ भने ४ अर्ब २७ करोड ९८ लाख ७४ हजार ६ सय ९३ रहेको र संस्थामा ६० हजार ८ सय ६६ सदस्य रहेको जानकारी दिइएको थियो । त्यस्तै संस्थाको खुद आय ५९ करोड ६ लाख ८७ हजार ४ सय ४९, खुद व्यय ५५ करोड ३ लाख ७५ हजार २९५, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ७ हजार ६ सय ५, एटिएम कार्ड प्रयोगकर्ताको संख्या १ हजार २ सय ६६ र क्यूआर प्रयोगकर्ताको संख्या ४ सय ४३ रहेको छ ।
पनौती एकाइ अन्तर्गत मुख्य कार्यालय पनौती ४, टौखालमा सम्पन्न साधारण सभा कार्यक्रममा संस्थापक अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष एवं जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकका सचिव प्रकाश बन्जारा, निर्वाचन उपसमिति संयोजक इन्द्र प्रसाद अधिकारी लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । संस्थामा रिक्त रहेको लेखा सुपरिवेक्षण समितिको सदस्य (महिला) एक पदमा उपनिर्वाचन मार्फत पनौती ६ की रन्जु सापकोटा निर्विरोध निर्वाचित भएकी छिन् ।