ट्रेण्डिङ

३० वर्षमा प्रवेश गर्दै मनकामना

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८२ कार्तिक १५, शनिबार (८ महिना अघि)
  • २७७ पटक पढिएको
३० वर्षमा प्रवेश गर्दै मनकामना
काभ्रे । मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को ३०औं वार्षिक साधारणसभा शनिबार संस्थाका सल्लाहकार राजकुमार हुमाागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उक्त साधारणसभामा सचिव नवराज आचार्यले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक देवप्रसाद कोइरालाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बनेपाको घोगेचौरमा केन्द्रीय कार्यालय रही ६ वटा अन्य क्षेत्रमा सेवा केन्द्र रहेको यस साकोसमा कुल सदस्य १० हजार १ सय ३ रहेको साधारणसभाबाट जानकारी दिइएको थियो । संस्थाको कुल पूँजी २ अर्ब ३० करोड ८९ लाख ८१ हजार, बचत रकम १ अर्ब ९५ करोड ६९ लाख ८७ हजार, ऋण लगानी १ अर्ब ७७ करोड १२ लाख ३८ हजार रहेको हिसाब विवरण साधारणसभा प्रस्तुत गरिएको थियो ।
सो अवसरमा शेयर सदस्यद्वय संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल र प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाललाई संस्थागत योगदानको कदर स्वरूप विशेष सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट सेवा केन्द्रमा गोदामचोक सेवा केन्द्र र उत्कृष्ट कर्मचारी सम्मानमा सुदर्शन दाहाललाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले अध्यक्षको मन्तव्य राखेका थिए भने उपाध्यक्ष विदुरप्रसाद घिमिरेले स्वागत मन्तव्य राखिएको साधारणसभामा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का प्रबन्धक गुरुप्रसाद ढकाल, बनेपा वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायतले सहकारीको अवस्था, चुनौतीहरुको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।