ट्रेण्डिङ

डाँडापारी पत्रकारिता पुरस्कारद्वारा कान्तिपुरकर्मी धिताल पुरस्कृत

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ फागुन १५, शुक्रबार (४ महिना अघि)
  • २९७ पटक पढिएको
डाँडापारी पत्रकारिता पुरस्कारद्वारा कान्तिपुरकर्मी धिताल पुरस्कृत

काभ्रे । प्रत्येक वर्ष फागुनको १५ गते स्वर्गीय उर्मिला सापकोटाको सम्झनामा नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकले पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
आज बनेपामा आयोजित उक्त कार्यक्रममा कान्तिपुरकर्मी पुजन धिताल नगद ५ हजार ५ सय ५५ सहित सम्मानपत्र र दोसल्लासहित सम्मानित भएका छन् । उनले यस वर्ष डाँडापारी क्षेत्र समेटेर कृषि, सडक र शिक्षा क्षेत्रमा लेखेका समाचारका आधारमा मूल्याङ्कन समितिको मूल्याङ्कनअनुसार पुरस्कृत गरिएको हो ।
एक दशकदेखि काभ्रेली पत्रकारितामा क्रियाशील रहेका धिताल नमोबुद्ध मिडिया प्रा.लि.का प्रबन्ध निर्देशकसमेत छन् भने सबैको समाचारका कार्यकारी सम्पादकसमेत हुन् । यसअघि धितालले इमेज टेलिभिजन, ग्यालेक्सी टेलिभिजन तथा विभिन्न पत्रपत्रिका र एफएम रेडियोमा कार्य गरेको अनुभव छ ।


२०६६ सालमा डाँडापारीबाट ललितपुरको गोतीखेल जाने क्रममा सवारी दुर्घटनाबाट मृत्युवरण गरेकी थिइन् । स्वर्गीय सापकोटाका बाबु गोपाल कृष्ण सापकोटाले डाँडापारी क्षेत्रका समस्या समेटेर समृद्ध डाँडापारी निर्माणका लागि कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्ने यो दिनले आफूलाई छोरीको स्मरण गराउने बताए ।
सम्मान कार्यक्रमकै अवसरमा प्रेस युनियन काभ्रेका प्रदेश पार्षद स्वर्गीय हिरा काजी लामा र स्वर्गीय उर्मिला सापकोटाको सम्झनामा मौनधारण तथा दीप प्रज्वलनसहित श्रद्धाञ्जली प्रकट गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्षहरू, अध्यक्ष विनोद कुमार न्यौपाने, पेशागत सङ्गठनका अध्यक्षहरू लगायत सक्रिय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।