ट्रेण्डिङ

भूमिविहिन सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ बैशाख २६, शनिबार (२ महिना अघि)
  • २६१ पटक पढिएको
भूमिविहिन सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण

काभ्रे । नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय प्रशिक्षण केन्द्र, बनेपा–६ मा आश्रय लिइरहेका भूमिविहिन सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय काभ्रे, बनेपा नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा बिरामीहरुको सामान्य स्वास्थ्य जाँच, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको बनेपा नगर स्वास्थ्य शाखा प्रमुख आशिष शर्मा कँडेलले जानकारी दिए ।
काठमाडौंबाट बिहीबार व्यवस्थापनका लागि ल्याइएका १ सय ४ जना भूमिविहिन सुकुम्बासीहरु हाल बनेपा–६ स्थित प्रशिक्षण केन्द्रमा बसोबास गरिरहेका छन् । उनीहरुमध्ये ९ महिने शिशुदेखि ८०–९० वर्षसम्मका वृद्धवृद्धा रहेका छन् । सुकुम्बासीहरुको दीर्घकालीन समस्या समाधान गरी सरकारले छिटो स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।