
काभ्रे । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बागमती प्रदेशका जिल्ला समन्वय समिति (जि.स.स.) तथा स्थानीय तह अनुगमन समितिहरूसँग काभ्रेपलाञ्चोकको धुलिखेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मुख्यमन्त्री कार्यालयका सचिव उमेश कुमार ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा केशवराज पाण्डे, बी.के. महर्जन, अशोक खनाल तथा प्रविण खनालले कार्यपत्र प्रस्तुत गरेका थिए।कार्यक्रममा स्थानीय तहमा सञ्चालन भइरहेका पूर्वाधार विकास योजनाहरूको अनुगमन विधि, अभ्यास, चुनौती तथा समाधानका उपायहरूबारे छलफल गरिएको थियो। साथै, बालमैत्री स्थानीय शासनको अनुगमनमा जिल्ला समन्वय समिति, गाउँपालिका तथा नगरपालिकाको भूमिका, प्राविधिक पक्ष तथा गुणस्तर मापन विधिका विषयमा समेत प्रस्तुति र अन्तरक्रिया गरिएको थियो।

सहभागीहरूले आ–आफ्ना क्षेत्रका असल अभ्यासहरू प्रस्तुत गर्नुका साथै प्रदेश सरकारलाई आवश्यक सुझावहरू पनि दिएका थिए। कार्यक्रमले स्थानीय तहमा विकास आयोजना तथा बालमैत्री शासन प्रणालीको प्रभावकारी अनुगमन र कार्यान्वयनमा थप सहयोग आयोजकको भनाइ छ ।
