ट्रेण्डिङ

भकुण्डेबेशीमा चाउमिन खाएका पाँच जना बिरामी, होटल सिल

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ अषाढ २४, बुधबार (३ घण्टा अघि)
  • ३ पटक पढिएको
भकुण्डेबेशीमा चाउमिन खाएका पाँच जना बिरामी, होटल सिल

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, भकुण्डेबेशीस्थित रोयल मःम एण्ड नेवारी खाजा घरमा चाउमिन खाएका पाँच जना बिरामी परेका छन् । बिरामी परेकाहरूको उपचार गरिएको छ भने सबैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
घटनापछि प्रहरीले उक्त होटल सिल गरेको छ । घटनाको कारण पत्ता लगाउन खाद्य पदार्थको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी निकाय तथा प्रहरीको संयुक्त टोलीले होटलको अनुगमन गरेको हो । खाद्य पदार्थ सेवनपछि बिरामी परेको घटनाबारे सम्बन्धित निकायहरूले आवश्यक छानबिन जारी राखेका छन् ।
यसैबीच, जिल्ला अनुगमन समितिले नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेशी क्षेत्रका विभिन्न पसल, होटल, मासु पसल तथा बेकरीहरूको पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीहरू नष्ट गरिएको थियो भने सम्बन्धित व्यवसायीहरूलाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

स्थानीय खबर