ट्रेण्डिङ

मंगलटारमा यात्रु सहायता कक्ष स्थापना

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ आश्विन ३०, शुक्रबार (१२ घण्टा अघि)
  • १० पटक पढिएको
मंगलटारमा यात्रु सहायता कक्ष स्थापना

काभ्रे । चाडपर्वमा यात्रुहरुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने उद्देश्यले काभ्रेको मंगलटारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
यात्रु सहायता कक्ष स्थापनासँगै इलाका प्रहरी कार्यालय मंगलटारको आयोजनामा ‘म दुर्घटना गर्दिनँ’ (अनुशासित सवारी सञ्चालन) सम्बन्धी हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले यात्रु सुरक्षा, ट्राफिक नियमको पालना, बढी भाडा असुली नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणलाई अभियानले प्राथमिकता दिएको हो ।
‘म दुर्घटना गर्दिनँ’ हस्ताक्षर अभियानले चालकलाई जिम्मेवार र अनुशासित भएर सवारी चलाउन प्रेरित गर्ने लक्ष्यसहित नेपाल प्रहरीले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गति नियन्त्रण गर्न तथा जिम्मेवार भएर सवारी चलाउन सबै चालकलाई आग्रह गरेको छ ।