ट्रेण्डिङ

बनेपा इलाका प्रहरी कार्यालयलाई नगरपालिकाद्वारा विपद् उद्धार तथा प्रतिकार्य सामग्री हस्तान्तरण

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ कार्तिक १२, बिहिबार (२३ घण्टा अघि)
  • १३ पटक पढिएको
बनेपा इलाका प्रहरी कार्यालयलाई नगरपालिकाद्वारा विपद् उद्धार तथा प्रतिकार्य सामग्री हस्तान्तरण

काभ्रे । बनेपा नगरपालिकाले विपद् उद्धार तथा प्रतिकार्य कार्यलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय बनेपालाई आवश्यक उद्धार तथा सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको उपस्थितिमा नगरपालिकाले प्रहरीलाई विपद्का बेला प्रयोग हुने विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।
नगरपालिकाले बाल्टिन, आगो निभाउने उपकरण (फायर एक्स्टिङ्गुइसर), मेटल साभेल, सुरक्षा हेल्मेट, स्ट्रेचर, लाइफ ज्याकेट, लाइफ ट्युब, पिक, सेफ्टी बेल्ट, पञ्जा, हाते आरा, डोरी, ह्यान्ड माइक, उडकटर, गल, पानी बुट, प्राथमिक सुरक्षा सामग्री तथा रेनकोटलगायतका सामग्री उपलब्ध गराएको छ ।
नगर प्रमुख शान्तिरत्न शाक्यले विपद्का बेला तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको बताउँदै विपद् व्यवस्थापनमा स्थानीय सरकार र सुरक्षा निकायबीचको समन्वय महत्वपूर्ण हुने उल्लेख गर्दै उपलब्ध सामग्रीको उचित प्रयोग र संरक्षण गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, उपप्रमुख विमला सापकोटा र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको उपस्थितिमा आगलागी, बाढीपहिरो तथा अन्य आकस्मिक विपद्का घटनामा उद्धार र प्रतिकार्यका लागि प्रहरीलाई आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले विपद् जोखिम न्यूनीकरण, जनधनको सुरक्षा तथा आपत्कालीन अवस्थामा प्रभावकारी सेवा प्रवाहका लागि सुरक्षा निकायसँगको सहकार्यलाई महत्व दिएको जनाएको छ ।