
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१० स्थित पुरानागाउँ स्वास्थ्य चौकीलाई समाजसेवी परीक्षण हुमागाई र जीवन लामाले स्वास्थ्य सेवालाई सहज बनाउन आवश्यक औषधि सहयोग गरेका छन् ।
हुमागाईंका अनुसार सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यतालाई कम गर्ने उद्देश्यले स्वास्थ्य चौकीलाई चाहिने अत्यावश्यक औषधिहरु उपलब्ध गराइएका हौं । स्वास्थ्य चौकीलाई आवश्यक औषधि सहयोग गरेकोमा स्वास्थ्य चौकी प्रमुख टिकानिधि कोइरालाले समाजसेवी हुमागाई र लामाप्रति आभार व्यक्त गर्दैै स्थानीय नागरिकलाई सामान्य स्वास्थ्योपचारमा निकै सहयोग पुग्ने आशा राखेको बताए ।
