ट्रेण्डिङ

पिपुल्स सहकारीको २०औं वार्षिक साधारणसभा सम्पन्न

  • अनलाइन काभ्रे
  • / अर्थ /
  • २०८३ कार्तिक २२, आईतबार (१ हप्ता अघि)
  • ८ पटक पढिएको
पिपुल्स सहकारीको २०औं वार्षिक साधारणसभा सम्पन्न

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सप्पन्न भएको छ । संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा संस्थाका अध्यक्ष निरन शाक्यले सहकारीको मर्म, भावना सिद्धान्त र मुल्य मान्यतालाई अंगिकार गरी मासिक रुपमा कम्तीमा एक कार्यक्रम या तलिम सञ्चानल गर्दै आएको र सदस्यहरुलाई धेरै रकम राख्ने झिक्ने भन्दा नियमित मासिक बचतमा जोड गराउदै राहत तथा अन्य सेवाहरु सहज, सरल र प्रभावकारी रुपमा सदस्यहरुमा पु¥याई संस्था सञ्चालित हु्नाले सदस्यको विश्वास जित्न सफल रहेको बताएका छन ।
साधारणसभामा सस्थाका सल्लाहकार नवराज के.सी.ले गलत सञ्चालकका कारण सहकारीको मूल मर्म र असल सहकारीकर्मीको योगदानलाई नष्ट हुन दिनु नहुने बताएका थिए साथै उनले संस्थागत लक्ष्य समय सापेक्षिक तवरमा लिनु पर्ने सुझाव दिएका थिए । कायृक्रममा संस्थाका सल्हाकार राजन सापकोटा, कानुनी सल्लाहकार ओमकाजी प्रजापती लगाएतले सहकारी ऐन नीति र नियममा सञ्चालन भएको तथापि नियामकहरुको फरक फरक निर्देशनमा विरोधाभाष हुँदा कुन पालना गर्ने कुन नगर्नेमा द्विविधा उत्पन्न भएको बताए ।
साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सचिव सन्तोष कुमार घिमिरेले आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवन राज कर्णजीतले र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन समिति संयोजक ऋषिराम गौतमले सभामा प्रस्तुत गरेका थिए ।
संस्थाको कुल शेयर पूँजी २ करोड, निक्षेप संकलन २७ करोड ६ लाख ६५ हजार, ऋण लगानी २४ करोड ३१ लाख ४० हजार, जगेडा कोष १ करोड ७५ लाख १६ हजार र शेयर सदस्य एवं बाल बचत कर्ता समेत गरी ६ हजार ३ सय ९७ जना रहेको बताएको छ ।
संस्थाले सदस्य सेवा कार्यक्रम अन्र्तगत उत्कृष्ट बचतकर्ता एवं ऋणी सम्मान, एसईई विद्यार्थि सम्मान, नवजात शिशु र जेष्ठ सदस्यलाई निःशुल्क सदस्यता वितरण, बुबा आमा सम्मान, मोबाईल बैंकिङ, विभिन्न कम्पनीहरुको रेमिट्यान्स सेवा, मोवाईल रिचार्ज सेवा÷टेलिफोन तथा विजुली भुक्तानी सेवा, न्यूनतम ५ हजार रकम भएका शेयर सदस्यहरुको १ लाख सम्म निःशुल्क दुर्घटना बीमा, स्वास्थ्य उपचार राहत, परिवार समवेदना राहत, सदस्य शिक्षा अन्तर्गत सदस्य साक्षरता वित्तीय साक्षरता र व्यवसायिक तालिम, खुल्ला रक्तदान जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गरेको कार्यलय प्रमुख नवराज सापकाटाले बताए । कार्यक्रममा आ.व.८२/८३ को उत्कृष्ट कर्मचारीमा सहायक सरस्वती मानन्धरलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । साधारणसभामा स्वागत मन्तव्य सञ्चालक सदस्य कपिल प्रसाद दुलालले राखेका थिए भने सञ्चालन सचिव सन्तोष कुमार घिमिरेले गरेका थिए ।