ट्रेण्डिङ

पाँचखालबाट चिनियाँ नागरिक पक्राउ

  • अनलाइन काभ्रे
  • / अपराध /
  • २०८३ मंसिर १, मंगलबार (१ दिन अघि)
  • ४ पटक पढिएको
पाँचखालबाट चिनियाँ नागरिक पक्राउ

काभ्रे । पाँचखाल नगरपालिका वडा नं. ७, शिखरपूरस्थित ह्वाइट पार्क रिसोर्टमा विदेशी नागरिकहरुको शंकास्पद गतिविधिहरु भईरहेको भन्ने जनगुनासो आएपछि प्रहरी चौकी पाँचखालले आज नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी नायब उपरीक्षक रबिन बिष्ट र प्रहरी चौकि पाँचखाल काभ्रेबाट प्रहरी निरिक्षक मनराज बानिँयाको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त स्थानबाट ३१ जना पुरुष र ५ जना महिला गरी ३६ जना चिनिँया नागरिकहरूलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार उक्त रिसोटको २ वटा कोठामा ठुलो संख्यामा ल्यापटप र मोबाईल रहेको छ भने थप अनुसन्धानको लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट बिज्ञ सहितको टोली माग गरिएको जनाएको छ ।