ट्रेण्डिङ

उपभोक्ताहरूले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाउने

  • अनलाइन काभ्रे
  • / अन्य /
  • २०८१ कार्तिक १३, मंगलबार (१ साल अघि)
  • ४०५ पटक पढिएको
उपभोक्ताहरूले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाउने

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागले उपभोक्ताहरूलाई मूल्य अभिवृद्धि कर (VAT) को केही अंश फिर्ता दिने व्यवस्था गरेको छ।

आन्तरिक राजश्व विभागका अनुसार उपभोक्ताहरूले रेस्टुरेन्ट, होटल, मोटल, लज तथा गेस्टहाउसहरूमा गरिएको भुक्तानीमा समेत १० प्रतिशत रकम फिर्ता पाउने जनाएको छ ।
२०८० साउन १ गतेदेखि लागू भएको यस नियमले कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरूलाई बैंक खातामा दश प्रतिशत रकम फिर्ता गरिनेछ। यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै राजस्व प्रणालीलाई सुदृढ बनाउने उद्देश्य लिएको आन्तरिक राजस्व विभागले जनाएको छ।
राजस्व विभागले सेवा प्रदायकहरूलाई डिजिटल भुक्तानीको सुविधा अपनाउन अनुरोध गरेको छ भने, विद्युतीय भुक्तानी प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन थप सुधार कार्यहरू गर्दै जाने बताएको छ।