ट्रेण्डिङ

भुम्लुका किसानहरुलाई अनुदानमा ट्याक्टर र कृषि औजार

  • अनलाइन काभ्रे
  • / कृषि /
  • २०८३ बैशाख १५, मंगलबार (२ महिना अघि)
  • २२० पटक पढिएको
भुम्लुका किसानहरुलाई अनुदानमा ट्याक्टर र कृषि औजार

काभ्रे । भुम्लु गाउँपालिकाले किसानहरुका लागि अनुदानमा ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा २ सय ३५ किसानलाई वितरण गरिएको हो ।
यस पटक पालिकाले धेरै मात्रामा ट्याक्टर वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताउँदै यसमा किसानले प्रति ट्याक्टर १३ हजार लगानी गरेको बताए । उनका अनुसार किसानहरुलाई कुल ९६ लाखको कृषि औजारहरु वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्र लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्री लगायतले उक्त कृषि सामग्री वितरण गरिएको थियो ।
अनुदानका लागि सबै वडाहरुमा निश्चित कोटा तोकेर आवेदनका लागि आव्हान गरेको थियो । जसमा सरकारी सेवामा रहेकाले नपाउने र दलित, न्यून आय भएका, अपाङ्गता भएका परिवार, अल्पसंख्यकले आवेदन दिन पाउने मापदण्डसहित व्यवस्था गरेअनुसार किसानहरुले आवेदन दिएको र गाउँपालिकाको कृषिमा आधुनिकीकरण, यान्त्रिकरण गर्ने नीति अनुसार यसपटक ट्याक्टर सँगै अन्य कृषि औजार पनि वितरण गरेको अध्यक्ष भुजेलले जानकारी दिए ।