ट्रेण्डिङ

‘एक वडा एक कृषि उत्पादन’ अन्तर्गत सार्वजनिक सुनुवाइ तथा संयुक्त अनुगमन कार्यक्रम सम्पन्न

‘एक वडा एक कृषि उत्पादन’ अन्तर्गत सार्वजनिक सुनुवाइ तथा संयुक्त अनुगमन कार्यक्रम सम्पन्न

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं. २ समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ अन्तर्गत सञ्चालित तरकारी खेती (दोस्रो वर्ष) कार्यक्रमको सार्वजनिक सुनुवाइ तथा संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ।


बेथानचोक महाभारत कृषक समूहद्वारा आयोजित एवं
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोक र बेथानचोक गाउँपालिकाको सहयोगमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि भगवान अधिकारी, विशिष्ट अतिथि उपाध्यक्ष तारा राना तिमल्सिना र कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कृषि विकासका प्रमुख दवाडीले सम्झौता हुँदा कृषकहरू देखिने र काम गर्ने बेला कृषकहरूको सहभागिता निकै न्यून भएको गुनासो पोखे ।


उनले गत वर्ष ९३ वटा टनेल वितरण गरिएकोमा यश वर्ष भने ६१ वटा सम्झौता भएकोमा ५९ वटा मात्रै वितरण भएको बताए । आगामी आर्थिक वर्षमा कृषकहरूको सहभागिता रहनेमा आफू विश्वस्त रहेको बताउँदै त्यसका लागि कृषि कार्यालयले सहकार्य गर्ने बताए ।
त्यसैगरी बेथानचोक गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष पुरूषोत्तम तिमल्सिनाले किसानहरू परनिर्भर भएकोमा चिन्ता व्यक्त गरे । अबको कृषि उत्पादन विषादी न्यूनिकरण गर्दै अर्गानिक खेतीतर्फ लाग्नुपर्नेमा जोड दिए । यसका लागि किसानहरूलाई आवश्यक तालिम दिई सबै किसानहरूले कृषिसम्बन्धी समय सापेक्षित आफैं सिक्नुपर्ने वडा अध्यक्ष तिमल्सिनाको भनाइ थियो ।


बेथानचोक महाभारत कृषक समूहका अध्यक्ष इन्द्रबहादुर तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य केदारबहादुर क्षेत्रीले गरेका थिए । वार्षिक प्रतिवेदन समूहका उपाध्यक्ष दिपा श्रेष्ठले प्रस्तुत गरेकी थिइन् भने प्रगति प्रतिवेदन अध्यक्ष इन्द्रबहादुर तिमल्सिनाले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन समूहका सचिव विष्णुप्रसाद सापकोटाले गरेसँगै कृषकहरूबाट उठेका जिज्ञासाको सम्बोधन समेत गरेका थिए ।
कार्यक्रममा गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, पूर्व अध्यक्ष भगवान घिमिरे, वडा सचिव पृथबहादुर भण्डारी लगायत कृषकहरूको उपस्थिति रहेको थियो ।

स्थानीय खबर