ट्रेण्डिङ

नयाँ शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक वितरण

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ चैत्र २२, आईतबार (३ महिना अघि)
  • २२७ पटक पढिएको
नयाँ शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक वितरण

काठमाडौँ । आगामी २०८३ वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुने भएसँगै जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण गरिरहेको जनाएको छ ।
केन्द्रले चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण शुरु गरेको छ । पाँच दिनभित्रै करिब २५ लाख थान बिक्री भइसकेको केन्द्रले जानकारी दिएको छ । शैक्षिक सत्र शुरु हुनु अघि नै विद्यार्थीको हातमा पुस्तक पुर्याउने लक्ष्यअनुसार छपाइ कार्य सम्पन्न गरी वितरण तीव्र बनाइएको केन्द्रले जनाएको छ ।