ट्रेण्डिङ

नाइटिङ्गेल एकेडेमीका ६४ जना एसकेजी उत्तीर्ण विद्यार्थीहरु दीक्षित

२०८१ मा एसईई उत्तीर्ण विद्यार्थीहरुको बिदाइ
  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ चैत्र २२, आईतबार (३ महिना अघि)
  • २१७ पटक पढिएको
नाइटिङ्गेल एकेडेमीका ६४ जना एसकेजी उत्तीर्ण विद्यार्थीहरु दीक्षित

काभ्रे । नाइटिङ्गेल एकेडेमीले २०८१ मा एसईई उत्तीर्ण विद्यार्थीहरुको बिदाइ तथा कक्षा एसकेजी उत्तीर्ण विद्यार्थीहरूको ११औँ दीक्षान्त समारोह शनिबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
शैक्षिक सत्र २०८१ मा (एसईई) उत्तीर्ण ४३ जना विद्यार्थीलाई सम्मान र बिदाइ गरिएको थियो भने कक्षा एसकेजी उत्तीर्ण ६४ विद्यार्थीहरू दीक्षित भएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंजितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाका प्रमुख झलक सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंजितकारले समुदाय, अभिभावक र विद्यालय परिवारको संयुक्त सहभागिताबाट मात्र विद्यार्थीहरूले आवश्यक सीप, ज्ञान र संस्कार हासिल गर्न सक्ने बताए ।


कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेत, विद्यालयका को–अर्डिनेटर विक्रम प्रजापति तथा प्रि–प्राइमरी को–अर्डिनेटर पुण्यश्वरी मानन्धर लगायतले विद्यालयले गुणस्तरीय शिक्षा, आधुनिक भौतिक पूर्वाधार, प्रविधियुक्त शिक्षण प्रणाली, बालबालिकाको सिकाइ उपलब्धि, व्यवहारिक, नैतिक तथा सामाजिक शिक्षा दिँदै आइरहेको र आगामी दिनहरुमा समय सापेक्ष विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ।
कार्यक्रममा विद्यालयकी प्रथम महिला सिन्जा रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।