ट्रेण्डिङ

३२औँ विश्व स्तनपान सप्ताहः मण्डनदेउपुरमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम

  • अनलाइन काभ्रे
  • / स्वास्थ्य /
  • २०८३ श्रावण २२, शुक्रबार (२० घण्टा अघि)
  • १२ पटक पढिएको
३२औँ विश्व स्तनपान सप्ताहः मण्डनदेउपुरमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम

काभ्रे । ३४औँ विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा मण्डनदेउपुर नगरपालिका–१० माझीगाउँस्थित पिपल चौतारीमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
अगस्ट १ देखि ७ सम्म विश्वभर मनाइने विश्व स्तनपान सप्ताह नेपालमा पनि ‘दिगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने मूल नाराका साथ मनाइएको हो ।
कार्यक्रममा स्तनपान गराउने आमाहरू, गर्भवती महिला, अभिभावक तथा स्थानीय समुदायका बासिन्दाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्तनपानको महत्व, आमा र शिशुको स्वास्थ्यमा यसको भूमिका तथा प्रभावकारी स्तनपानका विषयमा जनचेतना अभिवृद्धि गर्ने जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमका सहभागीहरूले स्वस्थ आमा, स्वस्थ शिशु र स्वस्थ समुदाय निर्माणका लागि स्तनपान प्रवद्र्धनमा परिवार, समुदाय तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए । विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यसम्बन्धी निकायहरूले पनि शिशुको स्वास्थ्य र पोषणका लागि आमाको दूधलाई महत्वपूर्ण मान्दै स्तनपान प्रवद्र्धनमा जोड दिँदै आएका छन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा व्यवस्थित स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ ।