ट्रेण्डिङ

हृदयाघातसम्बन्धी धुलिखेल अस्पतालको अन्तरक्रिया

  • अनलाइन काभ्रे
  • / स्वास्थ्य /
  • २०८३ अषाढ २, मंगलबार (१९ घण्टा अघि)
  • १२ पटक पढिएको
हृदयाघातसम्बन्धी धुलिखेल अस्पतालको अन्तरक्रिया

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा रहेको धुलिखेल अस्पतालले कृयाशील पत्रकारहरूसँग हृदयाघातसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. राजेन्द्र कोजुले हृदयाघातको अवस्था, यसको कारण, प्रभावित हुने उमेर समूह, जोखिमका कारक तथा रोकथामका उपायबारे प्रस्तुतीकरण दिएका थिए ।
डा. कोजुले पछिल्ला वर्षहरूमा हृदयाघातका बिरामीहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी तथा बदलिँदो जीवनशैली प्रमुख कारणका रूपमा रहेको बताउँदै हृदयाघातबाट जोगिन स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न तथा समय–समयमा स्वास्थ्य परीक्षण गराउन आग्रह समेत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा हृदयाघातसँग उठेका जिज्ञासाहरूको जवाफ दिँदै डा. कोजुले हृदयाघातलाई सामान्य समस्या ठानेर बेवास्ता नगर्न र प्रारम्भिक लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सञ्चालन धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस