ट्रेण्डिङ

पश्चिम र पूर्वी नेपालका केही जिल्लामा हावाहुरीको सम्भावना, सचेत रहन विभागको अनुरोध

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ चैत्र ५, बिहिबार (४ महिना अघि)
  • २५४ पटक पढिएको
पश्चिम र पूर्वी नेपालका केही जिल्लामा हावाहुरीको सम्भावना, सचेत रहन विभागको अनुरोध

काठमाडौं । देशका केही स्थानमा शुक्रबार र शनिबार (चैत ६ र ७) तीव्र हावाहुरीको पूर्वानुमान छ । पश्चिम र पूर्वी नेपालका केही जिल्लामा हावाहुरी समेतको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
शुक्रबार दाङ र नेपालगन्ज (बाँके) सहित लुम्बिनी प्रदेशको तराई क्षेत्र आसपासका जिल्लामा हावाहुरीको पूर्वानुमान छ । शनिबार पूर्वी क्षेत्रका विराटनगर (मोरङ), धनकुटा र धरान (सुनसरी) आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झन्डै ३३ मिटर÷सेकेन्ड वा करिब ११९ किमि÷घण्टा) चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।
हावाहुरीसँगै विभिन्न जोखिमको सम्भावना रहन्छ । यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने विभागले जनाउँदै यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । अबका तीन दिन देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको पनि पूर्वानुमान छ ।