ट्रेण्डिङ

नवनिर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ चैत्र ५, बिहिबार (४ महिना अघि)
  • २०६ पटक पढिएको
नवनिर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चार जना सांसद निर्वाचित भएका छन् ।