
काभ्रे । काभ्रेपलाञ्चोक, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका प्रमुख तथा सम्बन्धित अधिकारीहरूको उपस्थितिमा संयुक्त बैठक सम्पन्न भएको छ ।
बिहीबार धुलिखेलमा भएको बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, अन्तरजिल्ला गतिविधि, सडक सुरक्षा, विपद् प्रतिकार्य तथा व्यवस्थापन, सेवा प्रवाह र विकास निर्माणमा सहजीकरण लगायत समसामयिक तथा साझा चासोका विषयमा छलफल भएको हो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम राख्न, सेवा प्रवाह र सुशासनको अवस्था सुधार गर्न, अपराध नियन्त्रण गर्न तथा सामाजिक विकृति, विसङ्गति र गैरकानुनी गतिविधि न्यूनीकरण एवं नियन्त्रणका लागि आवश्यक समन्वय गर्ने निर्णय गरेको बताए ।